२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


२ सय करोडको लगानीमा बन्दै फिल्म ‘हिरामाण्डी’


17.485k
Shares

काठमाडौं । २ सय करोडको लगानीमा बलिउड फिल्म ‘हिरामाण्डी’ निर्माण हुँदैछ । निर्देशक सञ्जय लीला भन्सालीको निर्देशनमा बन्न लागेको फिल्ममा उनले करिब ६० देखि ६५ करोड रुपैयाँ पारिश्रमिक लिने भएका छन् ।

भन्सालीको यो फिल्मका लागि सोनाक्षी सिन्हा, मनिषा कोइराला, हुमा कुरैशी र ऋचा चड्डाले आफ्नो पारिश्रमिक घटाएर भएपनि निर्देशक भन्सालीसँग काम गर्न इच्छुक भएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।

गत वर्ष नै ओटीटी प्लेटफर्म नेटफ्लिक्सले यस फिल्मको बारेमा घोषणा गरेको थियो । बलिउड हंगामाको रिपोर्ट अनुसार अहिले नेटफ्लिक्सले यस प्रोजेक्टका लागि २ सय करोड खर्च गर्ने योजना बनाएको खबर बाहिर आएको छ ।

कलाकार र निर्माण खर्चमा मात्र २ सय करोड रुपैयाँ खर्च हुने निर्माण पक्षले जनाएको छ । यो फिल्ममा अन्य कलाकारले कति पारिश्रमिक लिनेछन्, त्यो भने खुलाइएको छैन् ।

लाहोरको परिवेशमा आधारित बन्न लागेको फिल्ममा माधुरी दीक्षितको मुख्य भूमिका रहने छ ।