हलिउड चर्चित पप गायिका शकिरा र गेरार्ड पिके छुटिने तयारीमा « Imagekhabar – Online News Portal of Nepal
१५ असार २०७९, बुधबार | Wed Jun 29 2022


हलिउड चर्चित पप गायिका शकिरा र गेरार्ड पिके छुटिने तयारीमा


5.707k
Shares

काठमाडौं । हलिउड चर्चित पप गायिका शकिरा उनका लामो समयदेखिका प्रेमी गेरार्ड पिकेसँग छुटिने तयारीमा रहेको समाचार बाहिरिएको छ ।

विभिन्न स्पेनिस मिडियाले छापेको समाचार अनुसार शकिराले बार्सिलोनाका चर्चित डिफेन्डर पिकेलाई महिलासँग रङ्गेहात पक्रिएपछि छाड्न लागेकी हुन् ।

४५ वर्षीया शकिरा र उनका प्रेमी जेरार्ड पिके १३ वर्षदेखि प्रेम सम्बन्धमा बस्दै आएका थिए । तर, शकिराले विगत मार्चदेखि पिकेसँगको फोटो सामाजिक सञ्जालमा पोष्ट गरेकी छैनन् । पेरिओडिकोको रिपोर्टअनुसार गेरार्ड हाल साकिराबाट टाढा बार्सिलोनामा बस्दै आएको बताइएको छ ।

सन् २०१० मा फिफा विश्वकपमा, उनले शकिराको हिट गीत वाका वाका यो टाइम फर अफ्रिकाको भिडियोमा अभिनय गरे । यहि दुई जनाको पहिलो भेट भएको थियो र शकिराले आफूभन्दा १० वर्ष कान्छो गेरार्डसँग प्रेम गरेकी थिइन् । यो जोडी विवाह नगरी सँगै बस्दै आएका थिए र उनीहरुको दुई जना बालबच्चा पनि छन् ।