बलिउडका चर्चित गायक केके कुन्नथको निधन « Imagekhabar – Online News Portal of Nepal
१५ असार २०७९, बुधबार | Wed Jun 29 2022


बलिउडका चर्चित गायक केके कुन्नथको निधन


2.184k
Shares

काठमाडौं । बलिउडका चर्चित गायक कृष्णकुमार केके कुन्नथको मंगलबार राती निधन भएको छ ।

५३ वर्षीय कुन्नथको कोलकातामा स्टेज शो गर्दा गर्दै हृदयघात भएर निधन भएको हो । कार्यक्रममा सहभागी हुनु अघि नै अप्ठेरो महसुश भएको बताएका उनी स्टेजमै ढलेलगतै उनलाई अस्पताल लगिएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । कोलकताका राज्यमन्त्री अरुप विश्वासले केकेको हृदयाघातका कारण निधन भएको जानकारी दिएका थिए ।

तमिल, तेलुगु, कन्नड, मलायालम, मराठी, बंगाली र गुजराती फिल्ममा गीत गाएका केके कोलकत्ताको गुरुदास कलेजमा आयोजित एक कार्यक्रममा सहभागी हुन पुगेका थिए । केकेले बलिउड फिल्मका लागि धेरै गीत गाएका छन् । ’हम दिल दे चुके सनम’ मा उनले गाएको ’तडप तडप के इस दिल से’ र ’ओम शान्ति ओम’ मा ’आँखों मे तेरी’ लाई दर्शकले निकै रुचाएका गीत हुन् ।

उनले ‘हम दिल दे चुके सनम’ बाट बलिउडको पाश्र्व गायनमा उनले करियर सुरु गरेका थिए ।