१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


मिस्टर एण्ड मिस सुप्रानेशनल नेपाल प्रतियोगिता आज हुँदै

विजयी प्रतिस्पर्धीले ७ लाख नगद पुरस्कार प्राप्त गर्ने

260
Shares

काठमाडौं । मिस्टर एण्ड मीस सुप्रानेशनल नेपाल २०२२ प्रतियोगिताको ग्राण्ड फिनाले आज आइतबार हुँदैछ ।

सानुरुभी इन्टरन्यासनल प्रालीले काठमाडौंमा पत्रकार सम्मेलन गरी मे ३ बाट सुरु भएको प्रतियोगिताको अन्तिम नतिजा आइतबार सर्वजनिक हुने जानकारी दिएको हो । प्रतियोगितामा सय जना प्रतियोगीहरूमध्येबाट छनौट भएर आएका २० जनाबीच प्रतिस्पर्धा हुनेछ । उक्त प्रतियोगितामा एक पुरुष र एक जना महिलालाई विजयी घोषित गरिनेछ ।

विजयी प्रतिस्पर्धीले ७ लाख नगद पुरस्कार प्राप्त गर्ने छन् । विजयीले पोल्याण्डमा हुन गइरहेको २०२२ मिस्टर एण्ड मीसेस सुप्रानेशनलमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर पाउनेछन् । प्रतियोगिताको प्रत्यक्ष प्रसारण आइतबार बेलुका साँढे सात बजेबाट इमेज च्यानल एचडीबाट हुनेछ ।

उक्त प्रतियोगितामा मिस्टर एण्ड मीस नेपालका राष्ट्रिय निर्देशक डाक्टर सन्तोष उपाध्याय, अन्तर्राष्ट्रिय मिस सुप्रानेशनल प्रतियागिता संस्था क्रियटिभ डाइरेक्टर एण्डे्र सेल्ग, पेरुका मिस्टर सुप्रानेशनल २०२१ का बिजेता भारो भार्गस र मिस सुप्रानेशनल थाइल्यान्ड २०१९ एन्टोनिया प्रोसील्ड जस्ता अन्तर्राष्ट्रिय जजहरुको उपस्थित रहनेछ।