सूर्य नेपाल गल्फ च्याम्पियनसिपमा शुक्रलाई अग्रता « Imagekhabar – Online News Portal of Nepal
१३ असार २०७९, सोमबार | Tue Jun 28 2022


सूर्य नेपाल गल्फ च्याम्पियनसिपमा शुक्रलाई अग्रता


39
Shares

काठमाडौं । सूर्य नेपाल गल्फ च्याम्पियनसिप अन्तर्गत बुधबारको खेलमा शुक्रबहादुर राई निरज तामाङलाई एक स्ट्रोकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएका छन् ।

सूर्य नेपाल गल्फ टुर अन्तर्गतको अन्तिम प्रतियोगिताको रुपमा रहेको च्याम्पियनसिपको तेस्रो दिनको खेलमा शुक्रले ६ अण्डर ६६ स्कोरका साथ समग्रमा १६ अन्डर दुई सय स्कोरकार्ड बनाउँदै शीर्ष स्थान हासिल गरेका हुन् ।

दोस्रो दिनको खेलसम्म अग्रस्थानमा रहेका निरजले तेस्रो दिन ३ अण्डर ६९ स्कोरका साथ कुल १५ अन्डर दुई सय एक स्कोरकार्ड खेलेका थिए । पहिलो दिनका लिडर वाङचेनले तेस्रो दिन २ अण्डर ७० स्कोरका साथ कुल १२ अण्डर दुई सय चार स्कोरकार्ड बनाएका छन् ।

उनी समग्रमा तेस्रो स्थानमा छन् । यस्तै नेपाल नम्बर एक भुवन नगरकोटी चौथो स्थानमा छन् । उनको कुल १० अण्डर दुई सय ६ स्कोरकार्ड छ । उनले तेस्रो दिन दुई अण्डर ७० स्कोरकार्ड खेलेका थिए ।

कुल ५४ खेलाडीको सहभागिता रहेको च्याम्पियनसिपमा ४३ प्रोफेसनल र ११ एमेच्योर खेलाडीले प्रतिष्पर्धा गरिरहेका छन् । प्रतियोगिताको विजेताले दुई लाख ५० हजार रुपैयाँ पाउने छ भने उपविजेताले एक लाख ५५ हजार रुपैयाँ पाउने छ । यस्तै तेस्रो हुनेले एक लाख १० हजार रुपैयाँ पाउने छ ।