बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु « Imagekhabar – Online News Portal of Nepal
२३ असार २०७९, बिहीबार | Thu Jul 7 2022


बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु


208
Shares

बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

जनजागृती सामुदायिक वनमा मंगलबार साँझ बाख्रा चराउन गएको बेला मधुबन नगरपालिका–२ की ४७ वर्षीया कौशिला पाललाई बाघले आक्रमण गरेको र उनको घटनास्थलमै मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ ।

बाघका कारण पटक पटक मानवीय क्षति भइरहेको भन्दै घाँस दाउरा काट्न तथा वस्तुभाउ चराउन जाँदा होशियारी अपनाउन जिल्ला प्रहरी कार्यलय बर्दियाले सबैमा अनुरोध गरेको छ ।