क्यानका सबै प्रतियोगिता बहिस्कार गर्ने ईपीएलको चेतावनी « Imagekhabar – Online News Portal of Nepal
१४ असार २०७९, मंगलवार | Wed Jun 29 2022


क्यानका सबै प्रतियोगिता बहिस्कार गर्ने ईपीएलको चेतावनी


1.651k
Shares

काठमाडौं । एभरेस्ट प्रिमियर लिग (ईपीएल) र यसका ६ फ्रेन्चाइज टिमले नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने सबै प्रतियोगिता बहिस्कार गर्ने चेतावनी दिएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेनल गर्दै उनीहरूले क्यानले एउटै मात्र टी–२० लिग आयोजना गर्ने निर्णयले यसअघि फ्रेन्चाइज क्रिकेटमा लगानी गरिरहेका कर्पोरेट क्षेत्रको लगाी डुब्ने भन्दै प्रतियोगिता बहिस्कार गर्ने चेतावनी दिएको हो ।

उनीहरूले फ्रेन्चाइज क्रिकेटमा ठूलो लगानी गरिसकेको भन्दै कर्पोरेट प्रतियोगिताको निरन्तरताको माग गरेका हुन् । क्यानको निर्णयसँगै मिति घोषणा भइसकेको पाँचौ संस्करणको इपिएलले मान्यता पाउने छैन ।

क्यानले गरेको निर्णय सही नभएको र सच्याउनेमा आफूहरू आशावादी रहेको ललितपुर प्याट्रिओट्सका मालिक किशोर महर्जनले बताए ।

ईपीएलका सञ्चालक आमिर अख्तरले आफूहरूलाई काम गर्ने ठाउँ चाहिएको भन्दै छलफलबाटैसमस्या समाधान हुनेमा आफूहरू आशावादी रहेको बताए ।