Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


कीर्तिमानी पौडीवाज गौरिकाले बिताइन् दुई साता क्वारेन्टाइन बसाई


0
Shares

काठमाडौं बैशाख २ । नेपाली खेलकुदकी कीर्तिमानी खेलाडी गौरिका सिंहले आफूहरुले दुई साता लामो क्वारेन्टाइन बसाई सकाएको जानकारीदिएकी छिन् ।

आफ्ना चिकित्सक बुवालाई कोरोना भाइरस संक्रमणका लक्षण देखिएपछि दुई साता डरलाग्दो भएको उनले बताएकी हुन् ।

चिकित्सक बुबा पारस सिंहलाई कोरोना संक्रमणको लक्षण देखिएपछि गौरिका परिवारसहित क्वारेन्टाइनमा बसेकी हुन् ।

आफ्नो सामाजिक सञ्जालमा परिवारको तस्विरसहित स्टाटस लेख्दै उनले दुई साताको आइसोलेसनपछि बुबा पारस पूर्णतया सञ्चो भएको पनि बताएकी छिन् । तर अन्य थुप्रै आफ्ना बुबाजस्तो भाग्यमानी नभएको पनि उनले उल्ल्ेख गरेकी छिन् ।

गौरिका १३ औँ दक्षिण एसियाली खेलकुद सागमा नेपालका लागि चार स्वर्ण र दुई रजत पदक जित्ने कीर्तिमानी खेलाडी हुन् ।

नयाँ वर्षको शुभकामना दिँदै उनले फेसबुकमा लेखेकी छिन्, ‘नयाँ वर्ष २०७७ को शुभकामना। यो नयाँ वर्षको सुरुवात मात्र होइन, हाम्रो १४ दिने क्वारेन्टाइन अन्त्य भएको दिन पनि हो। दुई साता अघि एनएचएसका लागि काम गर्नुहुने मेरो चिकित्सक बुबालाई कोरोना भाइरसको लक्षण देखिएको थियो।यो १५ दिन निकै डरलाग्दो रह्यो। तर उहाँ अहिले ठिक भइसक्नु भएको छ। तर हजारौँ मानिसहरुसँग यति भाग्यमानी छैनन्। भित्र बसेर यो खतरनाक भाइरसबाट आफु पनि बचौँ, अरुलाई पनि बचाऔँ। जब फ्रन्टलाइनमा बसेर महत्वपूर्ण कामदारहरु लड्दै हुनुहुन्छ हामी एकान्तमा बसेर थोरबहुत योगदान गरौँ। आगामी दिनमा सुरक्षित र स्वस्थ्य जीवनका लागि शुभकामना ।’