रिलिज अघि नै अक्षय कुमारको फिल्म बिवादमा « Imagekhabar – Online News Portal of Nepal
१८ असार २०७९, शनिबार | Sat Jul 2 2022


रिलिज अघि नै अक्षय कुमारको फिल्म बिवादमा


1.313k
Shares

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारद्वारा अभिनित फिल्म ‘पुथ्वीराज’ रिलिज हुनु अघि नै बिवादमा तानिएको छ ।

बिवाद अरु कुरामा नभएर फिल्मको नाममा आएको हो । हालै गुर्जर महासभाले पृथ्वीराज चौहान राजपूत नभइ गुर्जर राजा भएको दावी गरेको थियो । त्यसपछि राजपूतको प्रतिनिधि करणी सेनाले यसबाट आक्रोसित भई फिल्मको नाम परिर्वतन गर्न निर्मातासँग माग गरेका छन् । सम्राट थपेर फिल्मको नाम ‘सम्राट पृथ्वीराज चौहान’ राख्नुपर्ने माग उनीहरुको छ ।

भारतीय सञ्चार माध्यमसँग कुरा गर्दै करणी सेनाका प्रवक्ताले भनेका छन् – ‘हामीले यशराज फिल्मका सीईओ अक्षय विधानसँग भेटेका छौं । हामीले फिल्मको नाम परिर्वतन गर्न उहाँसँग कुरा गरेका छौं, उहाँले नाम परिर्वतन गर्ने वाचा गर्नु भएको छ ।’ यसैबिच फिल्मको निर्देशकबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । यससँगै फिल्म उद्योगसँग सम्बन्धित स्रोतले नाम परिर्वतनका बारेमा कुनै जानकारी दिएका छैनन् ।

यस विषयमा सेनाका प्रवक्ताले थप भने, ‘यदि निर्माताले चलचित्रको नाम परिवर्तन नगरी रिलिज गर्ने हो भने यो फिल्म पूरै राजस्थानमा रिलिज हुन नदिने भनेका भनिएको छ ।’

चन्द्रप्रकाश द्विवेदीको निर्देशनमा बनेको यस फिल्ममा अक्षय कुमार, संजय दत्त, सोनु सूद, आशुतोष राण, मानव विज र पूर्व विश्व सुन्दरी मानुषी छिल्लर मुख्य भूमिकामा रहेका छन् । फिल्मलाई आगामी जुन ३ देखि रिलिज गरिने छ ।