मुलुकको वित्तीय क्षेत्र सीमित व्यक्तिको हातमा पुग्यो : डा. भिम रावल « Imagekhabar – Online News Portal of Nepal
२३ असार २०७९, बिहीबार | Thu Jul 7 2022


मुलुकको वित्तीय क्षेत्र सीमित व्यक्तिको हातमा पुग्यो : डा. भिम रावल


208
Shares

काठमाडौं । नेकपा (एमाले)का सांसद डा. भिम रावलले वर्तमान गठबन्धन सरकारले मुलुकको वित्तीय क्षेत्र सीमित व्यक्तिको हातमा पु¥याएको बताउनुभएको छ ।

बिहीबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धमा माथिको छलफलमा बोल्दै रावलले यस्तो बताउनुभएको हो ।

डा. रावलले अर्थमन्त्रीले आगामी वर्षको नीति तथा कार्यक्रमको सिद्धान्त तथा प्राथमिकता औपचारिता पूरा गर्ने र परम्परागत किसिमको ल्याएको बताउनुभयो । सरकारले नेपाली जनता र देशले सामना गर्नुपरेको राष्ट्रिय आर्थिक समस्या समाधानतर्फ कुनै उल्लेखिय कुरा अगाडि नसारेको उहाँको आरोप छ ।

डा. रावलले वर्तमान गठबन्धन सरकारले बजेट तथा नीति तथा कार्यक्रमको प्राप्त छलफल र सुझावहरू लिन्छ भन्ने विश्वास नभएको बताउनुभयो । पुँजीगत खर्च बढाउने र विकासको गतिलाई तीव्रता बढाउने खालको अर्थमन्त्रीले नीति ल्याएको खोइ भन्दै उहाँले प्रश्नसमेत गर्नुभयो ।

निहित स्वाथ्र्यको बलिवेदीमा राष्ट्रिय स्वास्र्थ र सुरक्षालाई होम्ने गलत नीतिका कारण नेपाल राज्य कमजोर र लुलो बन्दै गएको डा. रावलको तर्क छ । उहाँले अर्थमन्त्रीले ल्याएको नीति तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकताले कुनै ताप्तिप परिर्वतन नगर्ने दाबी गर्नुभयो ।

डा.रावलले अरुण चौथो जलविद्युत आयोजना भारतसँग सम्झौता गरिएको भन्दै आपत्ति जनाउनुभयो । उहाँले प्रधानमन्त्रीको निर्देशनमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कुनै प्रक्रियाविना भारतसँग सम्झौता गरेकोे आरोप लगाउनुभयो ।

अरुण तेस्रो निर्माण गर्न प्राधिकरणलाई अधिकार दिइएकोमा कुनै अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र औपचारिक निर्णयविना भारतलाई सेयर बिक्री गर्न लागिएको बताउनुभयो । सरकारले जलस्रोतका सन्दर्भमा राष्ट्रिय हितमा काम गर्ने आशा नभएको रावलले बताउनुभयो ।

प्रधानमन्त्री देउवाले चिनियाँ लगानीको बिजुली भारतले नकिन्ने र नेपालले बनाउन नसक्ने भएकाले पश्चिम सेती भारतलाई दिनुपर्ने कुतर्क गरेको डा‍. रावलले आरोप लगाउनुभयो । वर्तमान सरकारसँग देश जोगाउन कुनै चिन्तन र दृष्टिकोण समेत नभएको उहाँकाे भनाइ छ ।