
काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा न्युकासल युनाइटेडले आर्सनललाई २–० ले पराजित गरेको छ ।
सोमबार राति भएको खेलमा न्युकासल युनाइटेडलाई विजयी गराउन रोड्रिग्वेज मौराले एक गोल गर्दा आर्सनलकै बेन ह्वाइटले एक आत्माघाति गोल गरेका थिए । यो हारसँगै आर्सनलको शीर्ष चारभित्र पर्ने लक्ष्यमा गम्भिर धक्का लागेको छ । लिगमा एक खेल मात्रै बाँकी छँदा आर्सनल ६६ अंकसहित पाँचौ स्थानमा छ ।
सम्मान खेलबाट ६८ अंक जोडेको टोटनह्याम हट्सपर चौथो स्थानमा रहदा एक खेल कम खेलेको चेल्सी ७० अंकसहित तेस्रो स्थानमा रहेकाे छ । आर्सनलको हारले चेल्सी अर्को सिजनको च्याम्पियन्स लिगमा सुरक्षित भएको छ । तर स्वयं आर्सनलको भने च्याम्पियन्स लिग खेल्ने सम्भावना कमजोर भएको छ ।
प्रिमियर लिगमा ३७ खेलबाट ९० अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा रहदा एक खेल कम खेलेको लिभरपुल ८६ अंकसहित दोस्रो स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्