आफूमाथिका १४ आरोप पुष्टि गर्न गणेश थापाको चुनौति « Imagekhabar – Online News Portal of Nepal
१२ असार २०७९, आईतवार | Sun Jun 26 2022


आफूमाथिका १४ आरोप पुष्टि गर्न गणेश थापाको चुनौति


442
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष गणेश थापाले आफूविरुद्ध वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले विभिन्न सार्वजनिक कार्यक्रमको दौरानमा लगाएका आरोप सार्वजनिक गर्दै प्रमाणित गर्न चुनौति दिनुभएको छ ।

ललितपुरस्थित एक होटलमा बुधबार पत्रकार सम्मेलन गर्दै थापाले धेरै आरोपमध्ये मुख्य १४ मात्रै सार्वजनिक गरेको र त्यो प्रमाण पुष्टि गर्न चुनौती दिनुभएको हो ।

थापाले पत्रकार सम्मेलनको मुख्य उदेश्य आरोप प्रमाणित गर्नुस् भन्ने रहेको र संघारमा आउँदै गरेको एन्फाको निर्वाचनसँग कुनै पनि सम्बन्ध नरहेको समेत बताउनुभयो ।

पत्रकार सम्मेलनमा शेर्पाले विभिन्न अनलाइन तथा टिभीमा थापाविरुद्ध दिएको अन्तरवार्ता भिडियो मार्फत प्रस्तुत गर्नुभएको थियो । सोही विषयमा थापाले कपोकल्पित आरोप लगाएको तीन आरोप प्रमाणित गर्न चुनौति दिनुभयो ।

पूर्व अध्यक्ष थापाले आरोप प्रमाणित गर्न नसके वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा एन्फा र फिफाको नियमअनुसार कारबाहीको भागेदारी बन्नुपर्ने बताउनुभयो ।

लामो समय फुटबलमा विताएको र व्यवस्थापनमा पनि आपूmले राम्रो काम गरेको भन्दै वर्तमान अध्यक्षबाट निराधार आरोपले पीडा भएको सुनाउनुभयो ।

एफसीका तत्कालीन अध्यक्ष तथा फिफाका अध्यक्षका उम्मेदवार मोहम्मद बिन हमामबाट व्यक्तिगत सहयोग लिएको स्वीकार गरे । जसको कारण आफूले फिफाको प्रतिबन्ध भोगेको बताउनुभयो ।

थापाका छोरा गौरव थापाको खातामा १ लाख डलर जम्मा भएको देखिएपछि फिफाले उनीमाथि अनुसन्धान थालेको थियो ।

पैसा लिएको पुष्टि भएपछि २०७२ सालको कात्तिकमा फिफाको नैतिक समितिले थापालाई सबै खाले फुटबल गतिविधिबाट १० वर्ष प्रतिबन्ध लगाएको थियो ।

प्रतिबन्धसहित उहाँमाथि करिब २१ लाख रुपैयाँ जरिवाना गरेको थियो । फिफाले सन् २०११ मा भएको फिफाको निर्वाचन र २००९ मा एएफसी कांग्रेसमा थापाले घूस लिएको आरोप लगाएको थियो ।