Logo २५ आश्विन २०८३, आइतबार | Mon Oct 12 2026


स्वर्ण विजेता सञ्जु चौधरीलाई राष्ट्रिय खेलकुद परिषदद्वारा अन्तिम श्रद्धान्जली


6k
Shares

काठमाडौं । १३ औं सागमा नेपालका लागि भारोत्तोलनबाट स्वर्ण पदक दिलाएकी सञ्जु चौधरीलाई राष्ट्रिय खेलकुद परिषदले अन्तिम श्रद्धान्जली दिएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको परिसरमा परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले फुलमाला तथा अबिरबाट श्रद्धान्जी अर्पण गर्नुभयो ।

यस्तै राखेपका विभागिय प्रमुखहरु, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, ओलम्पियन संघका अध्यक्ष दीपक बिष्ट, कर्मचारीहरू, खेलाडी तथा खेलकर्मीहरुले स्व। चौधरीको सवमा अविर तथा फुलमाला चढाएर श्रद्धान्जली ब्यक्त गर्नुभयो ।

बाँके आदर्श टोल निवासी चौधरीको शव मंगलबारै उनको जन्म घर बर्दिया लगिएको छ । ललितपुरको लुभुमा झुन्डिएको अवस्थामा उनी मृत भेटिएकी थिइन् । पाटन अस्पतालमा पोस्टमाटमपछि सन्जुको पार्थिव शरीर रंगशाला ल्याइएको थियो ।

१३ औं दक्षिण एसियाली खेलकुदमा नेपालका लागि ऐतिहासिक स्वर्ण जितेकी सन्जुको प्रारम्भिक रिपोर्ट आत्महत्या देखिएको छ । १९ औं एसियाली खेलकुदका लागि बन्द प्रशिक्षणमा सामेल हुन उनी काठमाडौं आएकी थिइन् ।

एसियन गेम्सका लागि प्रारम्भिक छनोटमा परेकी सञ्जुले १३ औं सागमा महिला ५९ केजी तौल समूहमा श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जित्न जितेकी थिइन् ।