स्याङ्जामा मादक पदार्थ पूर्णरूपमा निषेध « Imagekhabar – Online News Portal of Nepal


स्याङ्जामा मादक पदार्थ पूर्णरूपमा निषेध


195
Shares

स्याङ्जा । जिल्ला प्रसाशनले कार्यालय स्याङ्जाले मादक पदार्थ बिक्री वितरण गर्न पूर्ण रूपमा निषेध गरेको छ ।

जिल्ला निर्वाचन सुरक्षा समिति, स्याङ्जाको बसेको बैठकले २७ गते राति १२ बजेदेखि निर्वाचनको परिणाम घोषण नभएसम्मको लागि मादक पदार्थ बिक्री वितरणमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, भयरहित र मर्यादित बनाउनका लागि मादक पदार्थ बिक्री वितरण तथा उपभोगजन्य कार्यलाई पूर्णरूपमा निषेध गरेको जनाएको छ ।

निर्णय अटेर गर्नेलाई कारबाही गरिने प्रशानको सूचनामा भनिएको छ ।