१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


यस्तो पहिरन, जसले केटी पेरी आफैंलाई लडायो


429
Shares

एजेन्सी । अमेरिकाकी प्रख्यात गायिका केटी पेरी आफ्नो विभिन्न क्रियाकलापका कारण चर्चामा आइरहन्छिन् ।
यस पटक भने उनी बसेको कुर्सीबाट लडेका कारण चर्चामा छिन् ।

केटी लडेको भिडियो अमेरिकन आइडल कार्यक्रमको सेटको हो । जहाँ उनी कुर्सीमा बस्दा बस्दै लडेकी छिन् । केटीले आफ्नो इन्टाग्राम मार्फत आफू लडेको भिडियो सर्वजनिक गरेकी छिन् । अमेरिकन आइडलको एक एपिसोडमा केटीले मरमेडको गेटअप गरेकी थिइन् । जहाँ उनी माछाको शरीरजस्तो पहिरनमा थिइन् । सो पहिरन सम्हाल्न नसकेका कारण उनी लडेपछि आफै उठ्न सकिनन् ।उनी अरुको सहयोगमा उठेकी थिइन् ।

अमेरिकन आइडल कार्यक्रमका प्रस्तोताले उत्कृष्ट १० प्रतियोगीसँग कुरा गर्दै गर्दा उनी लडेकी थिइन् । कुर्सीबाट खसेपछि त्यहाँ भएका कार्यक्रम प्रस्तोता, निर्णायक सबैले उनलाई उठाएर कुर्सीमा राखेका थिए ।