२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


मदनकृष्णको ‘एउटा सपना छ’ सार्वजनिक


819
Shares

काठमाडौं । वरिष्ठ हास्य कलाकार एवं गायक मदनकृष्ण श्रेष्ठको स्वरमा रहेको ‘एउटा सपना छ’ बोलको गीतको लेजेन्डरी भर्सन सार्वजनिक भएको छ ।

बुधबार श्रेष्ठको ७२औं जन्मदिनकाे अवसरमा गीतको लेजेन्डरी भर्सन सार्वजनिक गरिएको हो । गीतमा कलाकार श्रेष्ठ र अभिनेत्री आँचल शर्माको अभिनय रहेको छ । गीतमा आँचल मदनकृष्णकी नातिनीको भूमिकामा देखिएकी छन् ।

गीत बिरामीका कारण स्मरण शक्ति गुमाएका हजुरबुवालाई भेट्न गाउँ फर्किएकी नातिनी र हजुरबुवाको कथामा गीत समेटिएको छ । सराना श्रेष्ठको कथा र निर्देशनमा तयार भएको भिडियो हरि हुमागाँईले छायाङ्कन र सम्पादन गरेका हुन् ।

गीतकार तथा संगीतकार पुष्पन प्रधानले आफ्नो चर्चित गीत एउटा सपना छ को लेजेन्डरी भर्सन सार्वजनिक गरेका हुन् । भिडियो हेरेपछि वरिष्ठ कलाकार श्रेष्ठले आफूलाई हास्य कलाकार भन्दा धेरै गायक भनेको मन पराउने बताए ।

त्यस्तै अभिनेत्री आँचल शर्माले भिडियो र गीत उत्कृष्ट रहेको बताइन् । उनले भिडियोको सम्पादन र क्वालिटी (गुणस्तर) पनि अत्यन्त उत्कृष्ट रहेको बताइन् ।

कार्यक्रममा उपस्थित कलाकारहरुले वरिष्ठ कलाकार तथा गायक श्रेष्ठलाई ७२ औँ जन्मदिनकाे शुभकामना व्यक्त गरेका थिए ।