Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


एसईई विद्यार्थीका लागि एनसेलले ल्यायो ४ जीबी डेटासहितको ‘पहिलो सिम’


364
Shares

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले २०७९ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरूका लागि विशेष अफरसहित ‘पहिलो सिम’ल्याएको छ ।

सार्वजनिक योजनामा एसईईका विद्यार्थीले प्रिपेड सिमको खरिदमा सोसल मिडिया प्रयोग गर्नका लागि ४ जीबी डेटाका साथै रिचार्जमा बोनस पाउने छन् ।

एसईई २०७९ को परीक्षाको प्रवेश पत्र भएका विद्यार्थीले आफ्नो वा आफ्नो आमावाबाबुको नागरिकताको फोटोकपी, एक प्रति पासपोर्ट साइज फोटोसहित नजिकैको एनसेल सेन्टरबाट वा डाइरेक्ट सेलिङ प्वाइन्टहरूबाट पहिलो सिम लिन सकिने कम्पनीले जनाएको छ ।

करसहित ४८ रुपैयाँमा लिन सकिने सिम कार्डमा विद्यार्थीले १० रुपैयाँको मेन ब्यालेन्ससहित सामाजिक सञ्जाल (फेसबुक, युट्यूब र टिकटक) प्रयोग गर्नका लागि ४ जीबी डेटा पाउने छन् । यो डेटा हरेक हप्ता १ जीबीको दरले काटिने छ ।

यसका साथै पहिलो सिम प्रयोग गर्ने विद्यार्थीले रिचार्जमा बोनस पाउनेछन् । ६ महिनासम्म हरेक ५० रुपैयाँ वा सोभन्दा बढीको रिचार्जमा सामाजिक सञ्जाल चलाउन १ जीबी डेटा बोनस स्वरूप प्राप्त गर्नेछन् । प्राप्त बोनस डेटा ७ दिनको लागि मान्य रहनेछ ।