अनलाइनमा लिक भयो फिल्म,बक्स अफिसमा असर पर्ने « Imagekhabar – Online News Portal of Nepal


अनलाइनमा लिक भयो फिल्म,बक्स अफिसमा असर पर्ने


6.006k
Shares

एजेन्सी । बलिउड अभिनेता अजय देवगनको फिल्म ‘रनवे ३४’ र टाइगर श्राफको फिल्म ‘हिरोपन्ति २’ रिलिज भएको केही समयपछि नै अनलाइन बेवसाइट तमिल रकर्समा लिक भएको छ ।

फिल्म ‘रनवे ३४’ लाई अजय आफैले निर्देशन गरेका हुन् । फिल्म २९ अप्रिलदेखि प्रर्दशनमा आएको हो फिल्मलाई दर्शकले राम्रो प्रतिक्रिया दिदै रुचाएका छन् । त्यस्तै टाइगरद्वारा अभिनित फिल्म ‘हिरोपन्ति २’ लाई भने दर्शकले खासै रुचाएका छैनन् । तर अहिले दुबै फिल्म अनलाइनमा लिक भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पाइरेसी वेबसाइट तमिल रकर्स, मोभिरुल्जा आदिले रनवे ३४ र हिरोपन्ति २ को क्यामेरा प्रिन्टहरू आफ्नो पोर्टलमा रिलिज गरेका छन् । यति मात्र नभएर यी फिल्महरूलाई टोरेन्टमा डाउनलोड गर्नका लागि पनि उपलब्ध छन् । एकै दिन प्रर्दशनमा आएका यी दुई फिल्मले बक्स अफिसमा भने खासै राम्रो कमाइ भने गर्न सकेको छैनन् । फिल्म रनवे ३४ लाई राम्रो प्रतिक्रिया मिलेपनि दर्शकलाई हलसम्म तान्न सकेको छैन । हिरोपन्ति २ ले पहिलो दिन औसत कमाइ गरेपनि दोस्रो दिनदेखि फिल्मको कमाइ खस्केको छ भने रनवे ३४ ले दोस्रो दिनबाट औसत कमाइ गरेको छ ।

रनवे ३४ लाई अजय आफैले निर्देशन, निर्माण र अभिनय समेत गरेका छन् । उनीसँगै फिल्ममा अमिताभ बच्चन, रकुल प्रित सिंह, बोमन इैरानीले अभिनय गरेका छन् । यो सत्य घटनामा आधारित थ्रिलर फिल्म हो । अर्को तर्फ हिरोपन्ति २ एक्सन, रोमान्स र ड्रामाले भरिएको छ । फिल्ममा टाइगर श्राफ, तारा सुतारिया र नवाजुद्दीन सिद्दीकी मुख्य भूमिकामा रहेका छन् ।