इंग्लीश प्रिमियर लिगमा चेल्सी पराजित « Imagekhabar – Online News Portal of Nepal


इंग्लीश प्रिमियर लिगमा चेल्सी पराजित


273
Shares

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा एभर्टनले चेल्सीलाई १–० ले हराएको छ ।

आफ्नै मैदानमा भएको खेलमा एभर्टनलाई विजयी गराउन ब्राजिलियन खेलाडी रिचार्लीसनले ४६ औं मिनेटमा गरेको गोल निर्णायक बनेकाे छ । यो जितसँगै लिग तालिकाको रेलीगेशन क्षेत्रमा संघर्षरत एभर्टनलाई केही राहत मिलेको छ । ३३ खेलबाट ३२ अंक जोडेको एभर्टन तालिकाको १८ औं स्थानमा छ ।

एक खेल बढी खेलेका लिड्स युनाइटेड र बर्न्लेको ३४-३४ अंक छ । एभर्टनले अब आफ्नो खेल जितेको अवस्थामा तालिकाको १६ औं स्थानमा उक्लने छ । आइतबार राति भएका अन्य खेलमा आर्सनलले वेष्ट ह्याम युनाइटेडलाई २–१ ले हराउँदा टोटनह्याम हट्सपरले लेष्टर सिटीलाई ३–१ ले पराजित गरेकाे छ ।

अब लिग तालिकामा ३४ खेलबाट ८३ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा रहँदा ८२ अंकसहित लिभरपुल दोस्रो तथा ६६ अंकसहित चेल्सी तेस्रो स्थानमा रहेको छ ।

चौथो स्थानको आर्सनलको ६३ अंक छ भने ६१ अंकसहित टोटनह्याम पाँचौ स्थानमा छ ।