
काठमाडौं । मनाङमा गण्डकी प्रदेश स्तरीय परम्परागत ताराखेल र घोडचढी प्रतियोगिता सम्पन्न भएको छ ।
गण्डकी प्रदेश खेलकुद परिषदको समन्वयमा डिस्याङ गाउँपालिकामा भएको प्रतियोगितामा गण्डकी प्रदेशका बागलुङ्ग, मुस्ताङ्ग, म्याग्दी, मनाङ, कांस्की र पर्वत गरि ६ जिल्लाका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
घोडचढी खेल प्रतियोगितामा मनाङका सोनाम गुरुङले प्रथम स्थान हात पारे भने मनाङकै कर्मा टासी गुरुङ दोश्रो तथा मनाङकै कर्मा क्षेतर गुरुङ तेश्रो भएका थिए । यसैगरी ताराखेलमा म्याग्दी जिल्लाले प्रथम स्थान हाँसिल गर्यो भने कास्की जिल्लाले दोश्रो र मुस्ताङ्ग जिल्लाले तेश्रो स्थान हात पारेकाे छ ।
व्यक्तिगततर्फ मुस्ताङ्गका राजेन्द्र शेरचनले सर्वाधिक स्कोर ल्याउँदा म्याग्दीका कृष्ण घर्तिमगर दोस्रो तथा म्याग्दीकै दम प्रसाद पुन तेस्रो भएका छन।
प्रतिक्रिया दिनुहोस्