Logo १२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026


कोरोना नियन्त्रण र प्रभावितहरुका लागि नायिका बर्षा शिवाकोटीको एक लाख रुपैंयाँ


0
Shares

काठमाडौं ।  कोरोनाको त्रासले गरिएको ‘लकडाउन’का कारण रोजीरोटी गुमेका मजदुरहरुलाई विभिन्न संघ संस्था तथा व्यक्तिगत रुपमा पनि धेरैले सहयोग गरिरहेका छन् ।

यसबीच, नायिका वर्षा शिवाकोटीले पनि मजदुरहरुका लागि राहत स्वरुप एक लाख रुपैयाँ दिने घोषणा गरेकी छन् । आइतवार सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो पोस्ट गर्दै उनले सहयोग घोषणा गरेकी हुन् ।

उनले आफ्नो व्यक्तिगत तर्फबाट मजदुरी गरेर जीवन निर्वाह गर्नेहरुलाई प्रधानमन्त्री राहत कोषमा एक लाख रुपैयाँ दिन लागेको भिडियोमा बताएकी छन् ।

उनले भिडियोमा भनेकी छन्, ‘यो पैसाले आफैंले राहत किनेर ती मजदुरी दाजुभाई दिदी बहिनीसमक्ष पुर्‍याउने इच्छा थियो तर सरकारले सुरक्षित रहनका लागि ‘लकडाउन’ गरेकाले प्रधानमन्त्री राहत कोषमार्फत् दिने सोच बनाएँ ।’

दैनिक रुपमा सामाजिक सञ्जालको माध्यमबाट कोरोनाबाट बच्न घरमै विशेष सावधानी अपनाएर सुरिक्षत रहन आग्रह गर्दै आइरहेकी अभिनेत्री वर्षाले कोरोनाबाट देशलाई बचाउन दिनरात खट्ने डाक्टर, नर्स तथा मेडिकलसँग सम्बन्धित व्यक्तिहरु र नेपाल प्रहरीलाई धन्यवाद व्यक्त गरेकी छन् ।