२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


अभिनेता जुनियर एनटीआरले थाले २१ दिने अनुष्ठान


2.912k
Shares

काठमाडौं । दक्षिण भारतीय अभिनेता जुनिएर एनटीआरले करिब २१ दिनको लागि हनुमानको अनुष्ठान सुरू गरेका छन् ।

आरआरआर फिल्मको सफलता पछि उनले करिब २१ दिनको लागि हनुमानको अनुष्ठान गरि दीक्षा लिन अनुष्ठान सुरू गरेका हुन् ।

उनले यो अनुष्ठान हनुमान जयन्तीको दिनदेखि लिएका हुन् । एनटीआर २१ दिनसम्म जुत्ता चप्पल नलगाई र शाकाहारी खाना खाने छन् ।

सुन्तला रङको कुर्ता र पजामा, घाँटीमा माला र निधारमा तिलक लगाएको उनको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

फिल्म आरआरआर रिलिज भएको २४ दिन बितिसक्दा पनि फिल्मले राम्रो कमाइ गरिरहेको छ ।

आरआरआर फिल्म प्रदर्शन भएसँगै राम चरणले पनि सबरीमाला मन्दिरमा दिक्षा लिएका थिए । रामचरणले ४१ दिनसम्म खाली खुट्टा हिड्ने र शाकाहारी खाना खाने अनुष्ठान गरेका थिए ।