Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


रुसले युक्रेनमा नरसंहार मच्चाएको अमेरिकी राष्ट्रपतिको आरोप


325
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा रुसले नरसंहार मच्चाएको आरोप लगाएका छन।

रुसी राष्ट्रपति भ्लादिमीर पुटिनलाई तानाशाहको संज्ञा दि‌दै राष्ट्रपति बाइडेनले युक्रेनमा जारी रुसी सेनाको दमनलाई पहिलो पटक नरसंहार गरेकाे बताएका हुन् । अमेरिकाको आयोवा राज्यमा आयोजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै बाइडेनले रुसले युक्रेनमा नरसंहार गरेको सप्रमाण भेटिएको भन्दै पुटिनलाई अन्तर्राष्ट्रिय कानूनको दायरामा ल्याउने चेतावनी समेत दिनुभयो।

युक्रेनका राष्ट्रपति भोलिदिमीर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति बाइडेनको भनाइको स्वागत गरेका छन । उता युक्रेनको मारियुपाेलका मेयरले शहरमा जताततै भिडन्त र हिंसात्मक झडपहरु भईरहेकोले यत्रतत्र छरिएका शवहरु गन्न नसकिएको बताएका छन । यसैबीच जर्मनीका राष्ट्रपति फ्रान्क वाल्टर स्टेनमेयरले आफू युक्रेनको किभ जान इच्छुक रहेपनि युक्रेनकै आग्रहमा भ्रमण रद्द गरेको जानकारी गराएका छन।

पछिल्लो समय रुससँग निकट सम्बन्ध राखेका स्टेनमेयरको भ्रमणले किभमा अवस्था तनावपूर्ण बन्न सक्ने चेतावनी युक्रेनले दिएपछि जर्मनी राष्ट्रपतिको भ्रमण समेत रोकिएको हो ।