५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


मोडलद्वारा प्रेमीको हत्या गरेपछि सामाजिक सञ्जालमा ग्ल्यामरस फोटो सार्वजनिक


1.69k
Shares

एजेन्सी । अमेरिकाकी कर्टनी क्लेनी नाम गरेकी २५ वर्षीया एक मोडलले आफ्नो प्रेमीलाई चक्कु प्रहार गरेर हत्या पछि सामाजिक सञ्जालमा ग्ल्यामर फोटो सार्वजनिक गरेको आरोप लागेको छ ।

कर्टनी सामाजिक सञ्जालमा कर्टनी टेलर नामले चर्चित छिन् । बेलायती पत्रिका ‘डेली स्टारका’ का अनुसार कर्टनीलाई प्रहरीले यही ३ अप्रिलमा हिरासतमा लिएको हो । अहिले उनलाई मानसिक स्वास्थ्य केन्द्र पठाइएको छ । प्रहरीका अनुसार कर्टनीले आफ्नो २७ वर्षीय प्रेमी क्रिश्टियन ओबुम्सेलीसँग बसिरहेको घरमा कुनै कुरालाई लिएर भनाभन गरिरहेकी थिईन । त्यसक्रममा कर्टनीले प्रेमी क्रिश्टियन माथि चक्कु प्रहार गरेकी हुन् ।

मियामी प्रहरी डिपार्टमेन्टका प्रवक्ताले भनेका छन्– ‘हामिले थाहा पाए अनुसार दुबै बीच झडप भएको थियो । त्यसपछि कर्टनीले प्रेमीलाई मारेकी हुन् । जब प्रहरी घटना स्थलमा पुग्यो त्यहाँ कर्टनीले प्रेमीको काँधमा चक्कु प्रहार गरेको निशान थियो’ । घाइते क्रिश्टियनलाई अस्पताल लगिएको थियो । तर, गहिरो चोटको कारण उनको मृत्यु भयो’।

प्रहरीले कर्टनीलाई गिरफ्तार गर्दा उनले आफुलाई पनि मार्ने धम्की दिएकी थिइन् । त्यसपछि उनलाई बेकर ऐन अन्र्तगत मानसिक स्वास्थ्य केन्द्र पठाइएको हो । अमेरिकामा फ्लोरिडा मेन्टल ऐन १९७१ वा बेकर ऐन अन्तर्गत यस्तो व्यक्तिलाई ७२ घण्टाको लागि मानसिक स्वास्थ्य केन्द्र पठाइन्छ । जसले आफ्नो ज्यान दिने धम्की दिन्छ ।

यो घटनामा ती जोडीका आफन्त र साथी भाइले आश्चर्य व्यक्त गरेका छन् । कर्टनीका साथीहरूका अनुसार कर्टनी विगतका केहि समय देखि पे्रमीप्रति हिंसात्मक थिइन् । कर्टनीको सँगै रहेका छिमेकीले पनि उनीहरूबीच लामो समय देखि घरेलु हिंसा हुदै आएको बताएका छन् ।