निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिन सरकारसँग सभामुखको आग्रह « Imagekhabar – Online News Portal of Nepal
२७ श्रावण २०७९, शुक्रबार | Fri Aug 12 2022


निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिन सरकारसँग सभामुखको आग्रह


52
Shares

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले उद्योगी, व्यवसायीहरुलाई प्रोत्साहित गर्ने नीति लिन सरकारसँग आग्रह गर्नुभएको छ ।

सभामुख सापकोटाले कुनै पनि राज्यको उन्नती उद्योग व्यवसायबाट मात्रै सम्भव हुने भन्दै राज्यले उनीहरुलाई सधै प्रोत्साहित गर्ने नीति लिनुपर्ने स्पष्ट पार्नुभएकाे हाे ।

नेपाल चेम्बर कमर्शको ७१ औं वार्षिकोत्सवका अवसरमा आज (आइतबार) काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।

उहाँले सरकारले सबैलाई अभिभावकत्व दिने हो भने देशभक्तिको भावना सबैमा पलाउने र मुलुक समृद्ध हुने विश्वास समेत व्यक्त गर्नुभएकाे छ ।

सभामुख सापकोटाले राष्ट्रलाई केन्द्रमा राखेर काम गर्न पनि सबैलाई आह्वान समेत गर्नुभयो ।