९ माघ २०८१, बुधबार | Wed Jan 22 2025


राम्रो खेलेको तर गोल भएन : मछिन्द्र प्रशिक्षक कटुवाल


2.821k
Shares

काठमाडौं । एएफसी कप २०२२ छनोटको पहिलो चरणबाटै बाहिरिएको मछिन्द्र फुटबल क्लबका मुख्य प्रशिक्षक प्रवेश कटुवालले राम्रो खेलेपनि गोल नहुँदा हार बेहोर्नुपरेको बताएका छन् ।

मंगलबार सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लब एएफसी कप २०२२ छनोटको पहिलो चरणमा श्रीलंकन सुपर लिग च्याम्पियन टोली ब्लु स्टार क्लबविरुद्ध घरेलु मैदानमा २–१ अन्तरले पराजित भयो ।

खेलपछि बोलेका प्रवेशले भने, ‘खेल पक्कै राम्रो थियो । राम्रो खेल्दा पनि सफल भएनौ । खेल जित्न गोल गर्नुपर्छ गोल भएन ।’

यस्तै कटुवालले खेलमा १०–१२ अवसर बनाए पनि दुई तीन प्रहार पोस्टमा लाग्दा टोलीले गोल गर्न नसकेको बताए ।

पहिलो हाफको २४औं मिनेटमा मोहम्मद ईशानले ब्लु स्टारलाई अग्रता दिलाए । २८औं मिनेटमा सेनल सन्देशले घरेलु टोलीविरुद्धको अग्रता दोब्बर पारे ।

इन्जुरी समयमा मनिष डांगीको क्रसमा कप्तान सुजल श्रेष्ठले सान्त्वना गोल फर्काएका थिए ।

मछिन्द्रलाई हराएसँगै ब्लु स्टारले छनोटको दोस्रो चरणमा भारतीय टोली एटिके मोहन बगानसँगको भेट पक्का गरेको छ ।