Logo ११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026


आउने भयो ‘नेपाल्स सिङ्गिग सुपरस्टार’


377
Shares

काठमाडौं । भ्वाइस स्टार नेपाल प्रा. लि. ले निर्माण गर्न लागेको रियालिटी शो ‘नेपाल्स सिङ्गिग सुपरस्टार’ इमेज एच डी बाट प्रसारण हुुने भएको छ ।

रियालिटी शो यही २०७९ साल बैशाख १८ गते आइतबारदेखि हप्ताको दुई दिन बेलुका ८ बजे देखि ९ बजेसम्म इमेज एच डी बाट नियमित प्रसारण हुुने भएको हो ।

अन्य रियालिटी शो मा भाग लिइसकेका वा पाँच वर्ष भन्दा बढी अवधिदेखि सांगितिक क्षेत्रमा सक्रिय गायक गायिकालाई प्रतिस्पर्धीको रुपमा समावेश गरि निर्माण गर्न लागिएको नेपाल्स सिङ्गिग सुपरस्टारको डिजिटल अडिशन पनि खुला गरिएको कार्यक्रमका निर्माता सुरजलाल जोशीले जानकारी दिनुभएको छ ।

रियालिटी शो मा समावेश हुनको लागि नेपाल्स सिङ्गिग सुपरस्टारको आधिकारिक फेसबुक पेज https://fb.com/singingsuperstarnepal मा गएर सो पेजको म्यासेज बक्समा वा नेपाल्स सिङ्गिग सुपरस्टारको इमेलमा आफूले गाएको बढीमा दुई मिनेटसम्मको भिडियो पठाउनु पर्नेछ ।

अडिशनमा छानिएका प्रतिस्पर्धीलाई भ्वाइस स्टार नेपाल प्रा. लि. बाट सम्पर्क गरिने जानकारी समेत निर्माता जोशीले दिनुभएको छ ।

यस शो मा प्रस्तोताको रुपमा चर्चित टेलिभिजन प्रस्तोता विवेक सिंह ठकुरी र ख्याति प्राप्त गायिका केन्जल मेहर श्रेष्ठ रहने छन् भने निर्णायकको रुपमा ख्याति प्राप्त गायकहरु संजय श्रेष्ठ, सत्यराज आचार्य, स्वरुपराज आचार्य र ख्याति प्राप्त गायिका मिलन नेवार रहेका छन् ।

नेपाल्स सिङ्गिग सुुपरस्टारको निर्देशन लामो समयदेखि संचार क्षेत्रमा कार्य गरेर बिज्ञापन लगायत विभिन्न रियालिटी शो सफलताका साथ निर्देशन गरिसकेका रवि श्रेष्ठले गर्न लागेको समेत निर्माता जोशीले जानकारी दिनुभएको छ ।

विजेताले २५ लाख रुपैयाँ नगद पाउने आयोजकले जनाएका छन् ।