त्रिकोणात्मक टी–ट्वान्टी सिरिजः नेपालले मलेसियाविरुद्ध बलिङ गर्दै « Imagekhabar – Online News Portal of Nepal


त्रिकोणात्मक टी–ट्वान्टी सिरिजः नेपालले मलेसियाविरुद्ध बलिङ गर्दै


130
Shares

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा मलेसियाविरुद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ ।

टियु क्रिकेट मैदानमा मलेसियाका कप्तान अहमद फैजले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले पहिले बलिङ गर्ने भएको हो ।

यसअघि दुवै टोलीले पहिलो खेलमा पपुवा न्युगिनीलाई पराजित गर्दै विजयी सुरुवात गरेको थियो ।

नेपालले पहिलो खेलमा पपुवा न्युगिनीलाई १५ रनले हराएको थियो । मलेसियाले पनि पपुवा न्युगिनीलाई ८ रनले हराउँदै विजयी सुरुवात गरेको थियो ।