एपीएफ क्लव जीतपुर सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश « Imagekhabar – Online News Portal of Nepal


एपीएफ क्लव जीतपुर सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश


156
Shares

काठमाडौं । हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै विभागिय टिम एपिएफ क्लब जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सिमरा रंगशालामा आइतबार साँझ भएको खेलमा हिमालयन शेर्पालाई ३–२ ले पराजित गर्दै एपिएफले सेमिफाइनलको यात्रा तय गरेको हो ।

एपिएफको जितमा दीपेश धिमाल, बिके तामाङ र अर्मान्ड बेडमले एक एक गोल गरे । हिमालयन शेर्पाका लागि विश्वास श्रेष्ठले दुई गोल गरेका थिए ।

प्रतियोगिता अन्तर्गत आज नव जनजागृति युवा क्लब र सुदूपश्चिम–११ बीच खेल हुनेछ ।

नव जनजागृति युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख प्राप्त गर्नेछ । प्रतियोगिता चैत्र १९ गतेसम्म संचालन हुनेछ ।