फूलचोकीदेखि पनाैतीसम्म साहसिक साइकल ट्रेल सञ्चालन « Imagekhabar – Online News Portal of Nepal


फूलचोकीदेखि पनाैतीसम्म साहसिक साइकल ट्रेल सञ्चालन


2.392k
Shares

काभ्रे । ललितपुरको फूलचोकी डाँडादेखि काभ्रेको पनौती नगरपालिका–२ गुर्दुम डाँडासम्म साहसिक साइकल ट्रेल निर्माण गरिएको छ ।

ट्रेलको शनिबार पनौती नगरपालिकाका उप–प्रमुख गिता बञ्जाराले उद्घाटन गर्नुभयो । पनौती नगरपालिकाले ८ लाख रुपैयाँको लागतमा साइकल ट्रेल निर्माण गरेको हो ।

२२ दिनमा ट्रयाक निर्माण सम्पन्न भएको पनौती नगरपालिका–२ का वडाध्यक्ष पुरुषोत्तम अधिकारीले जानकारी दिनुभयो । उक्त साइकल मार्गको दुरी ७ किलोमिटर रहेको छ ।

यस्तै गुर्दुम डाँडाबाट ३ किलोमिटरको दुरीमा कुशादेवीस्थित ग्वार्को–पनौती–नमोवुद्ध सडकमा पुगिन्छ । उद्घाटनपछि १ सय ७५ जनाले साइक्लिङ गरेका छन् ।

साइक्लिङ गर्नेहरूलाई प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो । मनोरञ्जनका दृष्टिले यो मार्ग एकदमै उपयुक्त रहेको उनीहरूको भनाइ छ ।