पपुवा न्यूगिनीद्वारा नेपालसामू २ सय ९३ रनको लक्ष्य प्रस्तुत « Imagekhabar – Online News Portal of Nepal


पपुवा न्यूगिनीद्वारा नेपालसामू २ सय ९३ रनको लक्ष्य प्रस्तुत


52
Shares

काठमाडौं । एक दिवसीय क्रिकेटमा पपुवा न्यूगिनीले नेपाललाई २ सय ९३ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङमा तानिएको पपुवा न्यूगिनीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९२ रन बनायो ।

पपुवा न्यूगिनीमा लागि चार्ल्स अमिनीले सर्वाधिक ७७ रन बनाए । यस्तै कप्तान असद भालाले ६०, नोर्मन भानुअले ४७, टोली उराले ३८,रिले हेकुरेले ३१, जासन किलले १३ र सिमोन अटाइले २ रन बनाए ।

नेपालका कमल ऐरी, सोमपल कामी, दिपेन्द्र सिंह ऐरीले समान २/२ तथा कप्तान सन्दीप लामिछाने र आरिफ शेखले १/१ विकेट लिए ।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।