सना खानले पिइन् विश्वको सबैभन्दा ठूलो भवनमा २४ क्यारेट सुनको प्लेटेड चिया « Imagekhabar – Online News Portal of Nepal


सना खानले पिइन् विश्वको सबैभन्दा ठूलो भवनमा २४ क्यारेट सुनको प्लेटेड चिया


5.33k
Shares

काठमाडौं । भारतीय अभिनेत्री सना खानले हालसालै आफ्नो श्रीमान्सँग दुबईमा अवस्थित बुर्ज खलिफामा २४ क्यारेट सुनको प्लेटेड चिया पिएकी छिन् ।

अभिनयबाट टाँढा रहेकी खान सामाजिक सञ्जालमा भने निकै सक्रिय छिन् । उनले यस चियालाई पिउँदै गर्दा केहि तस्वीरहरू सामाजिक सञ्जालमा सेयर गरेकी थिइन् जुन अहिले भाइरल भैरहेको छ । सना खानको यो तस्बिर उनका पति अनस सैयदले खिचेकी हुन् । सनाले तस्विरको श्रेय श्रीमानलाई दिएकी छिन् ।

हालै उनले दुबईमा आफ्नो कपडाको ब्राण्ड पसल पनि खोलेकी छिन् । उनले पिएको चियाको मुल्य १६० दिरहम अर्थात ५ हजार ३ सय १५ रुपैयाँ परेको छ । चियाको मूल्य थाहा पाएर उनका फ्यानहरु छक्क परेका छन् । यस भवनमा पाइने खाना तथा चिया निकै महंगो रहेको छ । बुर्ज खलिफा विश्वको सबैभन्दा अग्लो र ठूलो भवन हो ।

सना खानले तस्वीर सेयर गर्दै क्याप्सन लेखेकी छिन् । ‘आफनो जिवनलाई खराब जिवन बिताउनेहरूसँग तुलना नगर्नुहोस् । यस संसारमा खराब जिवन जिउनेहरू धेरै सफल देखिन्छन् । तर, भगवानको अगाडी तिनीहरू छैनन् । यो कुरा महत्वपुर्ण छ’ ।