सेन्सर बोर्डका सदस्यले फिल्म ‘आरआरआर’लाई दिए ५ स्टार « Imagekhabar – Online News Portal of Nepal


सेन्सर बोर्डका सदस्यले फिल्म ‘आरआरआर’लाई दिए ५ स्टार


1.599k
Shares

एजेन्सी । भारतीय फिल्म आरआरआर हेर्नका लागि उत्सुकतापूर्वक पर्खिरहेका दर्शकहरुलाई यो फिल्म निकै राम्रो लाग्ने ओभरसीज सेन्सर बोर्डका सदस्य उमैर सन्धुले बताएका छन् ।

सन्धुले यो फिलम हेरिसकेका छन् । उनले फिल्मलाई ५ स्टार दिएका छन् । उनले ट्वीट गर्दै फिल्मको बरेमा बताएका हुन् । एसएस राजामौलीको फिल्म ‘आरआरआर’ लाई दर्शकहरूले पर्खिरहेका अवस्थामा सन्धुले फिल्मलाई ५ स्टार दिएपछि दशैकहरु झन उत्सुक भएका भारतीय संचारमाध्यमले जनाएका छन् । ५ स्टार भनेको फिल्म राम्रो बन्नु हो ।

यो फिल्म यहि चैत ११ गते अर्थात मार्च २५ बाट प्रदर्शन हुँदैछ । फिल्म हेरेर सन्धुले त्यसका कलाकारहरूको प्रसंशा गरेका छन् । विषेशगरि उनी जुनिएर एनटीआरबाट बढि प्रभाबित भएका छन् । उनले जुनिएर एनटीआर लाई फिल्मको आत्मा भनेका छन् भने रामचरण राम्रो फर्म मा रहेको भनेका छन् ।

निर्देशक एसएस राजामौलीको यो फिल्ममा संयोजन निकै राम्रो रहेको उनको दाबी छ । सन्धुका अनुसार ‘आरआरआर’ हेर्नै पर्ने फिल्म रहेको छ । उनले फिल्मलाई ब्लकबास्टरको रूपमा वर्णन गरेका छन् । फिल्मले सुरूदेखि अन्त्य सम्म दर्शकलाई बाँधेर राख्ने सन्धुको भनाई छ ।