उपमेयर कप टी–ट्वान्टी महिला क्रिकेट प्रतियोगिता सुरु « Imagekhabar – Online News Portal of Nepal


उपमेयर कप टी–ट्वान्टी महिला क्रिकेट प्रतियोगिता सुरु


39
Shares

बैतडी । बैतडीको दशरथचन्द नगरपालिकामा शनिबारदेखि पाचौं संस्करणको उपमेयर कप टी–ट्वान्टी महिला क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

उद्घाटन खेलमा साविक विजेता दनपा–६ थालिगडा विजयी भएको छ । थालिगडाले दनपा ९ ग्वाल्लेकलाई ७ विकेटले पराजित गर्दै सुखद सुरुआत गरेको हो ।

ग्वाल्लेकले दिएको ९० रनको लक्ष्य थालिगडाले ९ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो । त्यसअघि निग्लाशैनी खेल मैदान देहिमाडौंमा पहिला ब्याटिंग गरेको ग्वाल्लेकले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ८९ रन बनायो ।

खेलमा ओम्यान अफ द म्याच थालिगडाका दीव्या कार्की चुनिएकी स्कोरर खेम राज भट्टले जानकारी दिए । त्यसअघि उद्घाटन सत्रलाई संवोधन गर्दै नगरपालिका उपप्रमुख मीना चन्दले प्रतियोगिताले महिला क्रिकेट खेलाडी उत्पादन र विकासमा सहयोग पुग्ने बताउनुभयो ।

उपाधि विजेताले ४५ हजार र उपविजेताले ३० हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउने नगरक्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी गराउनुभयो । नगरपालिकाको वार्षिक कार्यक्रमअनुसार नै हरेक वर्ष मेयर र उपमेयर कप क्रिकेट हुदैं आएको छ ।