
काठमाडौं । होलीको अवसरमा काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचलाई कडा बनाएको छ ।
उपत्यकाका ६८ ठाउँमा ट्राफिक चेक प्वाइन्ट राखिएको छ ।
होली खेल्ने नाममा तिब्र गतिमा चलाएका सवारी, मापसे गरेर चलाएका र कागजात नभएका सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिहीबार मध्यान्हसम्म ३ सय ४५ वटा सवारी साधनलाई नियन्त्रणमा लिएर राखिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । होल्ड गरिएको सवारीमा सबैभन्दा धेरै मोटरसाइकल र स्कुटर छन् । ट्राफिक प्रहरीले उपत्यकामा बिहानैदेखि मापसे जाँच गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्