सुनामी बन्यो ‘द कश्मीर फाइल्स’ फिल्म,५ दिनमा ५० करोड कमाई « Imagekhabar – Online News Portal of Nepal


सुनामी बन्यो ‘द कश्मीर फाइल्स’ फिल्म,५ दिनमा ५० करोड कमाई


6.695k
Shares

एजेन्सी । बलिउड फिल्म ‘द कश्मीर फइल्स’ ले बक्स अफिसमा निकै राम्रो कमाई गरेको छ ।

यो फिल्मले रिलिज भएको चौँथो दिन ४२ करोड भारतीय रुपैयाँ कमाई गरेको थियो भने पाँचौँ दिन ५० करोड भारतीय रुपैयाँ कमाई गरेको छ ।

निर्देशक विवेक अग्निहोत्रीको निर्देशनमा बनेको यो फिल्म ११ मार्च देखि सिनेमा हलमा प्रदर्शन भएको थियो । पहिलो दिनमा नै फिल्मले ३ करोड ५५ लाख भारतीय रुपैयाँ कमाई गरेको थियो । थेरै लगानीमा बनेको यस फिल्मले फिल्म चल्नकालागि फिल्मको कथाबस्तु राम्रो हुनुपर्ने कुरालाई प्रमाणित गरेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

निर्देशक अग्निहोत्रीले फिल्ममा कश्मीरी पण्डितहरूमाथि भएको अत्याचारलाई राम्रोसँग देखाएका छन् । फिल्ममा अनुपम खेर, दर्शन कुमार, मिथुन चक्रवर्ती, पल्लवी जोशी जस्ता कलाकारहरू मुख्य भुमिकामा देखिएका छन् । दर्शक र अन्य कलाकारहरूले पनि फिल्मको खुबै प्रशंसा गरेका छन् । यो फिल्मलाई भारतका धेरै राज्यमा करमुक्त गरिएको भारतीय सञ्चार माध्यमले जनाएको छन् ।

यो फिल्मलाई ५ सय ६१ सिनेमा हल र १ सय १३ विदेशी स्क्रिनमा प्रर्दशन गरिएको थियो । अन्य फिल्मको तुलनामा यो संख्या निकै कम हो । तर, कम स्क्रिनका कारणपनि द कश्मीर फाइल्स ले रेकर्ड तोडेको छ ।