२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025


स्पेन र पोर्चुगलले खेले ३-३ गोलको बराबरी, इरानलाई आत्मघाति गोलको फाइदा


0
Shares

काठमाडौं, जेठ २ । विश्वकप फुटबलका समूह चरणका खेलहरुमा उरुग्वे र ईरान विजयी हुँदा पोर्चुगलले स्पेनसँग बराबरी खेलेको छ ।

समुह बी अन्तर्गत रुसको सोचीको फिस्ट रंगशालामा भएको खेलमा युरोपियन च्याम्पियन पोर्चुगललाई स्पेनले ३-३ गोलको बराबरीमा रोकेको हो ।

खेलमा पोर्चुगलका लागि क्रिश्चियानो रोनाल्डोले ह्याट्रिक गरे । स्पेनका डिएगो कोष्टाले दुई गोल गर्दा नाचो फर्नान्डेजले एक गोल थपे ।

यो बराबरीपछि स्पेन र पोर्चुगल दुबै टिमले विश्वकप फुटबलमा उपाधि दावेदारी पस्किएका छन् ।

विश्वकपअन्तर्गत समुह बि कै अर्को खेलमा ईरानले मोरक्कोलाई १-० ले हराएको छ ।

सेन्ट पिटर्सवर्ग रंगशालामा भएको खेलमा इरानलाई विजयी गराउन मोरक्कोका अजिज बुहादुजले ईन्जुरी समयमा आत्माघाति गोल गरे ।

विश्वकप फुटबल इतिहासमा ईरानको यो दोस्रो जित हो । यसअघि सन् १९९८ मा भएको विश्वकप फुटबलमा अमेरिकालाई हराउँदै ईरानले विश्वकपमा पहिलो जित दर्ता गरेको थियो ।