Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


राजर्षि जनककप फुटबल प्रतियोगिता चैत्र २ गतेबाट सुरु


65
Shares

सर्लाही । सर्लाहीको बागमतीमा आयोजित छैठौं राजर्षि जनककप फुटबल प्रतियोगिता आगामी चैत्रमा हुने भएको छ ।

मधेश प्रदेशकै ठूलो धनराशीको राजश्री जनक कप फुटबल प्रतियोगिता बागमती नगरपालिका– ११ कर्मैया स्थित स्वर्गीय संतोष स्मृति खेल मैदानमा यहि चैत्र २ गतेबाट प्रतियोगिता सुरु हुने बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

प्रतियोगितामा आयोजक बागमती नगरपालिका र बागमती युवा क्लब समेत गरी १२ वटा क्लबले सहभागिता जनाउने भएका छन् । जसमा एक विदेशी क्लब समेत रहेका क्लबका अध्यक्ष किस्मतराज मैनालीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा आयोजक बागमती युवा क्लबको एक टिमसँगै नेपाल पुलिस क्लब काठमाडौं, एपिएफ काठमाडौं, हिमालयन शेर्पा काठमाडा, एन.आर.टी. क्लब काठमाडौं, सुदूरपश्चिम–११, धनगढी, बिएफसि–११ चितवन, मनाङ्ग मस्र्याङ्दी क्लब काठमाडौं, मच्छिन्द्र फुटवल क्लब काठमाडौं, अभेनिएर फुटबल क्लब क्यामेरुन, जन जागृति युवा क्लब सीमरा र पिप्ले यूथ क्लब हेटौडाले सहभागिता जनाउने छन् ।

८० लाख रुपैयाँ बढी लागत अनुमान गरिएको प्रतियोगिता अन्तर्गत खेलको विजेताले नगद १० लाख प्राप्त गर्ने छ, उपविजेताले ५ लाख प्रप्त पर्ने छन् । हरेक विधामा उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने आयोजक क्लबका अध्यक्ष मैनालीले जानकारी दिनुभयो । त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेल खेल्ने सर्लाही बागमती निवासी एक खेलाडीलाई बागमती राईजीङ अफदि ईयर प्लेयर्स घोषणा सहित एक थान मोटरसाईकल प्रदान गरिने समेत जानकारी दिएका छन् ।

फुटबल प्रतियोगिता सफल रुपले सम्पन्न गर्नका लागि प्रथम पुरस्कारका लागि प्रायोजक खोजिदैं छन् भने द्धितिय पुरस्कारका लागि धुलिखेल निर्माण सेवा प्रालीबाट प्रदान गरिने छ । त्यस्तै प्रतियोगिताका लागि बागमति नगरपालिका सहित स्थानीय तहहरु, विभिन्न गैरसरकारी संघ संस्था, उद्योगी व्यापारीसँग सहयोग संकलन गरिएको र विभिन्न व्यापारिक हाउसहरुको प्रायोजन रहने आयोजक बागमती नगरपालिका उप–प्रमुख लीला कुमारी मोक्तानले जानकारी दिनुभयो ।