५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


मेन्डिस र श्रीवार्दानाले टिमबाट चौथो संस्करणको ईपीएल खेल्ने


0
Shares

काठमाडौं, फागुन १८ । एभरेष्ट प्रिमियर लिग इपीएल ट्वेन्टी ट्वेन्टी क्रिकेटका लागि भैरहवा ग्लाडियटर्सले श्रीलंकाका दुई तथा ओमानका एक खेलाडीलाई भित्र्याएको छ ।

भैरहवाले श्रीलंकाका अलराउन्डर जीवन मेन्डिस र ब्याट्सम्यान मिलिन्डा श्रीवार्दानालाई भित्र्याएको हो । भैरहवाले आइतबार पत्रकार सम्मेलन गर्दै मेन्डिस र श्रीवार्दानाले टिमबाट चौथो संस्करणको ईपीएल खेल्ने जनाएको छ ।

यस्तै भैरहवाले ओमानका बलर बिलाल खानलाई पनि अनुबन्ध गरेको जनाएको छ । ३७ वर्षीय मेन्डिसले ५८ एक दिवसीय र २२ ट्वेन्टी ट्वेन्टी खेलेका छन् भने ३४ वर्षीय श्रीवार्दानाले २७ एक दिवसीय र ५ टेष्ट खेलेका छन् ।

त्यस्तै बिलालले हालै नेपालमा भएको आइसीसी विश्व क्रिकेट लिग–२ मा नेपाल र अमेरिकाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए ।

यसअघि भैरहवाले वेष्ट इण्डिजका क्रिकेटर द्वाने स्मिथलाई अनुबन्ध गरेको थियो । शरद भेषावकरको कप्तानीमा खेल्ने भैरहवालाई नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक पुबुदु दशानायकेले मुख्य प्रशिक्षण दिँदैछन् । पुबुदुले नेपाल फर्किएर आउँदा खुशी लागेको बताएका छन् ।

६ फ्रेन्चाइज टोलीबीच हुने इपिएल चैत १ देखि १५ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा हुनेछ ।