
काठमाडौं, फागुन १७ । सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाली चलचित्रको प्रवर्द्धनका लागि सरकार सहयोग गर्न तत्पर रहेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित जनचेतना नेपालको छैटौं वार्षिकोत्सव कार्यक्रममा मन्त्री डा. खतिवडाले चलचित्रकर्मीहरुको मनोबल उच्च राखी काम गर्नको लागि चलचित्र स्टुडियो तथा सुटिङ क्षेत्र व्यवस्थापन गर्ने सरकारले तयारी गरिरहेको जानकारी दिए ।
चलचित्रको प्रवर्द्धन तथा संस्कृतिको जगेर्ना गर्न सरकारले सबै मन्त्रालयसँग सहकार्य गरेर एकद्वार प्रणाली विकासको लागि तयारी गरिरहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. खतिवडाको भनाइ छ ।
उनले सरकारले लेखक र कलाकारलाई प्रोत्साहन गर्न जीवनवृत्तिको व्यवस्थाको सोच बनाएको पनि बताए ।
कार्यक्रममा चलचित्र क्षेत्रमा योगदान पुर्याउने कलाकारलाई सम्मान पनि गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्