२७ माघ २०८१, आइतबार | Sun Feb 9 2025


माइभ्याली फुटवल क्लब क्वाटर फाइनलमा


0
Shares

इलाम, फागुन १६ । आयोजक माइभ्याली फुटवल क्लब, इलाममा जारी माइभ्याली गोल्डकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको पहिलो चरणको खेलमा पाहुना टोली भारतको गान्टोक सिटी फुटबल क्लबलाई शुन्यका विरुद्ध २ गोल गर्दै माइभ्यालीले क्वाटर फाइनलको यात्रा तय गरेको हो ।

जितसँगै आयोजक माइभ्यालीले भारतको कोलकत्ता फूटवल क्लबसँग क्वाटर फाइनल खेल्ने पक्का भएको छ ।

विदेशी खेलाडीसहित मैदानमा उत्रिएको आयोजकले घरेलु मैदानमा दर्शकको राम्रो साथ पाएको थियो ।

शनिबार झापा ११ र एमएफसी दार्जिलिङबिच पहिलो क्वाटरफाइनल खेल हुनेछ । फागुन २४ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टोलीले ८ लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।