९ चैत्र २०७९, बिहिबार | Thu Mar 23 2023


विश्वकप फुटबलमा उरुग्वेको विजयी सुरुआत


0
Shares

काठमाडौं, असार १ । रुसमा जारी विश्वकप फुटबलमा उरुग्वेले विजयी सुरुआत गरेको छ ।

शुक्रबार भएको समूह ‘ए’को दोस्रो खेलमा उरुग्वेले इजिप्टलाई १–० ले हराएको हो । उरुग्वेलाई जिताउनेक्रममा खेलको ८९औं मिनेटमा जोस गिमेनेजले हेडगोल गरे ।

यसअघि, उरुग्वेले प्रहार गरेका दुई बललाई इजिप्टका गोलकिपरले विफल पारिदिएका थिए भने एउटा प्रहार पोलमा ठोक्किएर फर्किएको थियो । इजिप्टले तीन फितला प्रहार गरेको थियो ।

समूह ‘ए’बाट साउदी अरेबियालाई ५–० ले हराएको आयोजक रुस शीर्ष स्थानमा छ भने उरुग्वे दोस्रो स्थानमा रहेको छ । साउदी र इजिप्ट अंकविहीन छन् ।