
काठमाडौं । अमेरिकाकी मोडल चेल्सी क्रिस्टले ६० तलाको बिल्डीङबाट आत्माहत्या गरेकि छिन् ।
उनले मिस युएसए सन् २०१९ तथा अमेरीकी मोडल चेल्सी क्रिस्टले ६० तलाको बिल्डीङको २९ तलाबाट हाम्फालेर आत्महत्या गरेकि हुन् ।
उनको मृत्यु के कारणले भएको हो भन्ने विषयमा भने अहिलेसम्म पत्ता लागेको छैन् । उनले आत्माहत्या गर्नु भन्दा केही समय अगाडी आफ्नो इन्स्टाग्राम मार्फत केही लेखेकि थिइन् । उनले मेन्टल हेल्थको बारेमा लगातार आफ्नो कुराहरु राख्ने गर्थिन।

डेलीमेलका अनुसार ३० बर्षकी चेल्सीले अमेरिकी समय अनुसार बिहान ७ बजे र १५ मिनेटमा म्यानह्याटनमा आत्माहत्या गरेकि हुन् ।
सो बिल्डीङको ९ औँ तलामा उनको घर थियो । उनलाई अन्तिम पटक २९ औँ तलामा देखिएको डेलीमेलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्