
सिन्धुली । प्रेम दिवसमा आफूले राखेको प्रेम प्रस्ताव अस्वीकार भएपछि सिभिल ड्रेसमा रहेका प्रहरी जवानले शुक्रबार बिहान ड्युटीमा रहेकी महिला प्रहरीको थ्री नटथ्री राइफलले आफैंलाई गोली हानेर आत्महत्याको प्रयास गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिनधुलीमा कार्यरत प्रहरी जवान बहुअर्वा गाउापालिका ६ घर भएका २२ वर्षीय चन्द्रकिशोर रायले प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको निवासमा ड्युटीमा रहेकी एक महिला प्रहरीको राइफल तानी आफैंलाई गोली हानेका हुन् ।
बन्दुकको गाली पेटको दाहिने कोखामा लागेर उनी घाइते भएका छन् । रायको सिन्धुली अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि प्रहरी अस्पताल काठमाडौं रिफर गरिएको सिन्धुली अस्पतालले जनाएको छ ।
ड्युटीमा रहेकी प्रहरी जवान महिलाको राइफल खोसी आफैलाई गोली हानेको सिन्धुली जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ । स्रोतका अनुसार ती महिला प्रहरीलाई रायले निकै नै मन पराउँथे र विवाह गर्र्नसमेत तयार भएको बताइएको छ ।
सोही कारणले भ्यालेन्टाइन डेका दिन बिहानै घटना भएको हुनसक्ने स्रोतले जनायो । राजधानी दैनिकबाट ।
प्रतिक्रिया दिनुहोस्