Logo ३० श्रावण २०८३, शनिबार | Sun Aug 16 2026


‘ए’ डिभिजन लिगमा आज तीन खेल हुँदै


0
Shares

काठमाडौं, फागुन २ । शहीद स्मारक ए डिभिजन लिग फुटबलम आज तीन खेल हुनेछन् ।

सबै खेल सातदोवाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ । बिहान पौने ९ बजे हिमालयन शेर्पा क्लबले न्यूरोड टिम एनआरटीसँग खेल्दा दिउँसो सवा १२ बजे थ्रीस्टार क्लबले च्यासल युथ क्लबको सामना गर्नेछ ।

अन्तिम खेलमा दिउँसो साढे ३ बजे मनाङ्ग मस्र्याङ्दी क्लबले जावलाखेल युथ क्लबसँग खेल्नेछ । जारी लिगको अन्तिम खेल भोलि दशरथ रंगशालामा हुनेछ ।

दिउँसो साढे १ बजे हुने त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र क्लबबीचको खेलबाटै यसपटकको लिग विजेता छानिने छ ।

यसअघि हिजो भएका खेलहरुमा नेपाल पुलिस क्लबले फ्रेण्ड्स क्लबलाई ३–० ले हराउँदा संकटा क्लबले सरस्वती युथ क्लबमाथि ६–२ को जित निकाल्दा सशष्त्र प्रहरीको एपिएफ टिमले ब्रिगेड ब्वाईज क्लब (बिबिसी) सँग १–१ गोलको बराबरी खेलेका छ ।

जारी लिगमा अहिलेसम्म आर्मी २९ अंकसहित पहिलो, मच्छिन्द्र २८ अंकसहित दोस्रो, मनाङ्ग २५ अंकसहित तेस्रो र थ्रीस्टार २३ अंकसहित चौथो स्थानमा रहेका छन् ।