आइसिसी पुरुष टी–ट्वान्टी विश्वकपको खेल तालिका सार्वजनिक « Imagekhabar – Online News Portal of Nepal


आइसिसी पुरुष टी–ट्वान्टी विश्वकपको खेल तालिका सार्वजनिक


923
Shares

काठमाडौं । आइसिसी पुरुष टी–ट्वान्टी विश्वकपको खेल तालिका सार्वजनिक भएको छ । अष्ट्रेलियामा आगामी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म जारी रहने प्रतियोगिताको सार्वजनिक भएको हो ।

प्रतियोगिताको पहिलो खेलमा श्रीलंकाले नामिवियाको सामना गर्ने भएको छ । पहिलो चरण अन्तर्गत श्रीलंका र नामिवियाबीचको खेल अक्टोबर १६ मा गिलोङस्थित कार्डिनिया पार्क स्टेडियममा हुनेछ ।

पहिलो चरणको समूह ए अन्तर्गत नामिविया र श्रीलंका सहित ग्लोबल छनोटबाट आउने दुई टिम रहनेछन् । त्यस्तै समूह बी मा स्कटल्यान्ड र वेस्ट इन्डिजका साथै ग्लोबल छनोटबाट आउने दुई टिम हुनेछन् ।

ग्लोबल छनोटमा ४ टोलीले विश्वकपको यात्रा तय गर्नेछन् । प्रतियोगिताको सुपर १२ को खेलमा भने आगामी २०२२ को अक्टोबर २२ बाट सुरु हुनेछ । सुपर १२ को पहिलो खेलमा अष्ट्रेलिया र न्यूजिल्याण्डबीच हुनेछ ।

टी २० विश्वकप २०२२ मा समूह ए मा अष्ट्रेलिया अफगानिस्तान, इंग्ल्याण्ड न्यूजिल्याण्ड र विश्वकपको पहिलो राउण्डबाट छनोट भएका २ टिम रहने छन् । यसैगरी, समूह बीमा भारत, पाकिस्तान, दक्षिण अफ्रिका र बंगलादेशका साथै पहिलो राउण्डबाट आउने २ टिम रहने छन् ।

प्रतियोगिताको फाइनल मेलवर्न क्रिकेट ग्राउन्डमा आगामी नोभेम्बर १३ मा हुनेछ ।