२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


आइभोरी कोष्ट, माली र गाम्बिया विजयी


260
Shares

काठमाडौं । अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगितामा गएराति आइभोरी कोष्ट, माली र गाम्बिया विजयी भएका छन् ।

उपाधि दावेदार आइभोरी कोष्टले इक्वेटोरियल गिनीमाथि १–० को जित निकाल्यो । आइभोरी कोष्टको जितमा म्याक्स ग्रेडलले निर्णायक गोल गरे ।

गएराति भएको अर्को खेलमा मालीले ट्युनिसियालाई १–० ले पराजित गरेको थियो । बलियो प्रतिद्वन्द्वी ट्युनिसियाविरुद्धको खेलमा मालीलाई विजयी गराउन इब्राहिमा कोनेले ४८ औं मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गरे । यो खेलको ८५ मिनेटमै रेफ्रीले म्याच सकिएको भन्दै सिठ्ठी बजाएपछि केहीबेर तनाव भएको थियो । यसपछि फेरी सुरु गरिएको खेल पनि ९० मिनेट नपुग्दै सकाईएको थियो ।

अफ्रिकी कपकै अर्को खेलमा गाम्बियाले मौरितानियालाई १–० ले हराएको छ । खेलमा गाम्बियाका लागि अब्ली जालोले १० औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।