२५ जनाभन्दा बढी भेला हुन नपाउने, माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय « Imagekhabar – Online News Portal of Nepal
२० आश्विन २०७९, बिहीबार | Thu Oct 6 2022


२५ जनाभन्दा बढी भेला हुन नपाउने, माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय


33.046k
Shares

काठमाडौं, पुस २५ । कोभिड–१९ संक्रमण रोकथामका लागि बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

सोमबारदेखिनै लागू हुने गरी शैक्षिक संस्थाबारे यस्तो निर्णय गरेको जनाइएको छ । अर्को सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने, मेला महोत्सव बन्द रोक्नका लागि गृह मन्त्रालयलाई सिफारिस गर्नेसीसीएमसीले निर्णय गरेको छ ।

माघ ३ गतेदेखि सार्वजनिक स्थानहरु पार्क, फिल्म हल, रेष्टुरेन्ट र सपिङको लागि मलमा जाने व्यक्तिले अनिवार्य खोप कार्ड देखाउनुपर्ने भएको छ । सीमानाकामा कोभिड परीक्षणलाई व्यापक तुल्याउने, खोप लगाउन छुटेका बालबालिकालाई खोपको दायरामा ल्याउने निर्णय पनि बैठकले गरेको छ ।

प्रमुख जिल्ला अधिकारीले जिल्लामा संक्रमणको अवस्था हेरेर स्मार्ट लकडाउन गर्न सक्ने गरी बैठकले निर्णय गरेको छ । पछिल्लो केही दिनयता नेपालमा कोरोना संक्रमण बढ्दै गएपछि सरकारले अरु क्षेत्रभन्दा पहिले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।