Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


र्‍यापर निर्णय श्रेष्ठ ‘सक्सेस अचिभर्स अवार्ड’ बाट सम्मानित


221
Shares

काठमाडौं । र्‍यापर तथा समाजसेवी निर्णय श्रेष्ठ ‘सक्सेस अचिभर्स अवार्ड-२०२१’ बाट सम्मानित भएका छन् ।

अनुजा मिडियाले समाजका विभिन्न क्षेत्रमा सफलता हात पारेका सफल व्यक्तित्वहरुलाई दिने अवार्डबाट र्‍यापर श्रेष्ठ सम्मानित भएका हुन्।

शुक्रबार पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अवार्ड प्रदान गरे ।

सांगीतिक क्षेत्रमा विभिन्न अवार्ड समेत जितेका गायक श्रेष्ठले विगत २५ वर्ष देखि गायनको अलावा सामाजिक कार्यहरुमा समेत आफुलाई संलग्न गराउँदै आएका छन् । हालसम्म श्रेष्ठले विभिन्न सामाजिक संघ सस्थाको सद्भावना राजदुत भएर र केही संस्थाहरु मार्फत आफ्नै पहलमा समाजमा दिएको योगदानको कदर स्वरुप अनुजा मिडियाले अवार्ड प्रदान गरेको हो ।

उक्त अवार्ड समाजका विभिन्न क्षेत्रमा सफलता हात पारेका र समाजमा योगदान दिएका श्रेष्ठसहित १३ व्यक्तित्वहरुलाई पनि प्रदान गरिएको थियो ।

कार्यक्रममा नाडाका अध्यक्ष ध्रुव थापा, हाँस्यकलाकार मनोज गजुरेल, शिक्षाविद् डा. राजेन्द्र के.सी., चितवन मेडिकल कलेजका म्यानेजिङ डाइरेक्टर डा. हरिश चन्द्र नेउपाने, मेमोरी ट्रेनर नबल पजियार, क्याप्टेन बेद उप्रेती, बैंकर अनिल केशरी शाह, समाजसेवी जया राज्यलक्ष्मी शाह, शिक्षासेवी उत्तम सञ्जेल, युवा व्यवसायी विकास पाण्डे, महिला उद्यमी विदुषी राणा, वरिष्ठ पत्रकार ऋषि धमला, व्यवसायी तथा समाजसेवी रामशरन बस्नेत लगायत सम्मानित भए ।

नेपालमा हिपहाप तथा र्‍याप संगीत भित्र्याउने र उनको रेडियो कार्यक्रमले नयाँ हिपहाप तथा र्‍याप गायकहरुलाई उत्प्रेरणा प्रदान गरेकै कारण धेरै युवाहरुले उनलाई रुचाएका छन् । उनले हिपहाप तथा र र्‍याप संगीतमा आबद्ध भै आफ्नो सांगीतिक यात्रा सुरु गरे ।

यसैगरी, र्‍यापर श्रेष्ठले आगामी शनिबार नेपालको पहिलो हिपहाप तथा र्‍यापर रेडियो कार्यक्रम ब्रिंग डा. हाउस डाउनको २३ बर्ष पुगेको तथा निर्णय टुर फोर एडुकेसन १६ बर्ष पुगेको उपलक्ष्यमा एक विशेष कार्यक्रम आयोजना गर्दैछन् ।