पर्दामा फर्कँदै अभिनेत्री अनुष्का शर्मा « Image Khabar


पर्दामा फर्कँदै अभिनेत्री अनुष्का शर्मा


52
Shares

काठमाडौं । भारतीय सञ्चार माध्यमका अनुसार बलिउड अभिनेत्री अनुष्का शर्मा लामो समयपछि फेरि फिल्ममा फर्किने भएकी छिन् । उनी केहि नयाँ र केहि फरक किसिमको फिल्म लिएर दर्शक माझ आउने बताइएको छ ।

अभिनेत्री अनुष्का पछिल्लो समय फिल्म क्षेत्रबाट टाढा रहेकी थिइन् । अब उनी फेरी फिल्ममा फर्किने कुराले उनको प्रशंसकहरुलाईे खुसी बनाउने छ । अनुष्का शर्मा करिब तीन बर्ष पछि तीनओटा प्रोजेक्ट लिएर बलिउडमा फर्कँदै छिन् ।

अभिनेत्री अनुष्काले बलिउडका तीन ठुला प्रोजेक्टमा काम गर्ने खबरमा उल्लेख छ । जहाँ एक फिल्म थिएटर रिलीज हुनेछ र अर्को ओटीटी प्लेटफर्ममा रिलीज हुने छ । अनुष्काको यो फिल्म भारतमा डिजीटल प्लेटफर्मका लागि बनेको अहिले सम्मकै ठुलो फिल्म हुनेछ ।

सन् २०२२ का लागि अनुष्काको दुई ओटा सिल्वर स्क्रीन परियोजना र एउटा ओटीटी परियोजना हुने भएको छ । अनुष्का शर्मा केहि बर्षदेखि फिल्म क्षेत्रबाट टाढा रहेर छोरी वामीका र श्रीमान विराट कोहलीसँग समय बिताइरहेकी थिइन् ।